सप्तरी – पछिल्लो २४ घन्टामा थप २५ सय ६८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। १२ हजार ६३६ नमूना परीक्षणमा २५ सय ६८ जनामा संक्रमण देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४ सय २ नमूनाको पीसीआर र ४२ सय ३४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमा १९ सय८१ नमूको पीसीआर र ५८७ नमूनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो।यस्तै आइतबार थप २ हजार २० जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ५६ हजार १ सय ९७ पुगेको छ। निको हुने दर ९४.१ प्रतिशत हो।
मन्त्रालयका अनुसार आइतबार कोरोनाबाट थप १८ जनाले ज्यान गुमाएका छन्। योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८७५ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा मुलुकभर १ लाख ९५ हजार १३२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।