१५ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर १०, २०७७

सप्तरी – देशभर सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ। बैतडी, काठमाडौं, ललितपुर, झापा, मोरङ, पाल्पा र कैलालीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको हो।

बैतडी, दशरथचन्द नगरपालिका-१० बुड्डास्थित सडकमा ना.१ ज २१९६ नम्बरको जिप सडकबाट करिब २ सय ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा सुर्नया गाउँपालिका-४ बस्ने ७५ वर्षीया कलावती चन्दलगायत ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका जिप चालक सहित ५ जनामध्ये ४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि डडेलधुरा अस्पतालतर्फ पठाइएको छ।यस्तै, काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ पिपलामोड ढलानस्थित सडकमा बा.६ ख ९७४८ नम्बरको गुडिरहेको ट्रकबाट ओर्लने क्रममा खुट्टा चिप्लिएर टायर मुनी पर्दा ट्रकका साहु सुनसरी बाराह क्षेत्र नगरपालिका-११ बस्ने ३४ वर्षीय योगेन्द्र बिष्टको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को चोक नजिक सडकमा बा.२ क ८७५८ नम्बरको हात्ती गाडीको ठक्करबाट पैदलयात्री तनहुँ घर भएका ४२ वर्षीय भेष बहादुर बिश्वकर्माको मंगलबार बेलुका मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ।यसैगरी ललितपुर, ललितपुर महानरगपालिका-८ बालकुमारी नमस्ते पेट्रोल पम्प नजिक सडकमा ना.१ ज ३६७७ नम्बरको टाटासुमो गाडीले मंगलबार राति साईकललाई ठक्कर दिँदा साइकलयात्री हाल नाम, थर, नखुलेका करिब ३४ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि ग्वार्कोस्थित बी एण्ड बी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।यस्तै, झापा, कन्काई नगरपालिका-१ जुके कल्भर्ट चोकमा प्र.१-०१-०१२ प ५८७६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीय जगत बहादुर पाण्डेको मंगलबार साँझ मृत्यु भएको छ। आइतबार मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।यस्तै, मोरङ, कानेपोखरी गाउँपालिका-६ नर्सरी डाँडास्थित सडकमा को.२ त ८५६ नम्बरको ट्याक्टरले को.२८ प ८९६७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय हेम कुमार चेम्जोङको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी मोरङ, कहटरी गाउँपालिका-१ स्थित भित्रि सडकमा को.२ ह ५४९२ नम्बरको अटोबाट लडेर अटो चालक बिराटनगर महानगरपालिका-२ बस्ने ३५ वर्षीय सुनिल मण्डलको मंगलबार दिउँसो मृत्यु भएको छ।यसैगरी मोरङ, विराटनगर महानरगपालिका-१३ कोशी प्रोजेक्टस्थित सडकमा को.३९ प ९९९३ नम्बरको मोटरसाइकलले साईकललाई मंगलबार दिउँसो ठक्कर दिँदा साईकलयात्री विराटनगर महानरगपालिका-१५ बस्ने ६५ वर्षीय रतन साहको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।साथै मोरङ, सुन्दर हरैचा नगरपालिका-६ दुलारीस्थित सडकमा को.३६ प ४४२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री सुन्दर हरैचा नगरपालिका-४ मा डेरा गरी बस्ने बिराटनगर महानगरपालिका-१२ घर भएकी २५ वर्षीया कल्पना यादबको १५ दिनको छोरा देब यादवको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पाल्पा, रैनादेबी छहरा गाउँपालिका-६ चहला सिमलस्थित सडकमा लु.३ त ७१५६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बाटोबाट करबि १० मिटर तल खसेर मंगलबार साँझ दुर्घटना हुँदा ट्याक्टरका सहचालक रैनादेबी छहरा गाउँपालिका-६ चहला बस्ने १९ वर्षीय रमन भट्टराईको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ३ जनालाई उपचारका लागि बुटवलतर्फ पठाइएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।यस्तै, कैलाली, गौरीगंगा नगरपालिका-३ झिलस्थित सडकमा सुदूर पश्चिम प्रदेश०१००९ प ९७६ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका-४ बस्ने २२ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]