०७ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र ०७, २०७७

बनेपाको स्पाइनल कर्ड इन्जुरी अस्पतालमा २३ जना सहित काभ्रेमा एकै दिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार स्पाइनल इन्जुरी अस्पतालमा २३ जना र धुलिखेल अस्पतालमा १० जना र धुलिखेलका स्थानीय दुई जना गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यी सबैको शनिबार रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । झाका अनुसार योसँगै काभ्रेपलाञ्चोकमा संक्रमितको संख्या १३९ पुगेको छ ।

बनेपा नगरपालिका–१३ मा रहेको स्पाइनल इन्जुरी अस्पतालमा संक्रमण देखिएकामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र सेवाग्राही समेत रहेको अस्पतालका निर्देशक हरि अधिकारीले जानकारी दिए । उनका अनुसार कुल संक्रमितमध्ये नौ जना अस्पतालका सेवाग्राही हुन् भने बाँकी अस्पतालमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मी हुन् ।

उता स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएपछि स्पाइनल इन्जुरी अस्पतालका निर्देशकसहित कर्मचारी एवं स्वास्थ्यकर्मीहरू होम क्वारेन्टिनमा गएको अधिकारीले जानकारी दिए । अहिले अस्पताल क्षेत्रमा वडा कार्यालयको सक्रियतामा आवतजावतमा कडाइ गरिएको बनेपा नगरपालिका वडा नं १३ का वडाध्यक्ष सूर्यनारायण नापितले अनलाइनखबरलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]