सप्तरी – प्रदेश २ लोक सेवा आयोगले प्रदेश निजामती सेवाका लागि सहायक पाँचौँ र चौथो तहका लागि विज्ञापन आह्वान गरेको छ ।
अप्राविधिक तर्फ प्रशासन, लेखा, राजश्व तथा प्राविधिकतर्फ इन्जिनियरिङ, कृषि, शिक्षा, वन र स्वास्थ्य सेवातर्फका लागि पाँचौँ र चौथो तहका कर्मचारी माग गरिएको छ । भदौ १५ गतेसम्म दरखास्त दिने अन्तिम मिति तोकिएको छ । दोब्बर दस्तुर तिरेर भदौ २३ गतेसम्म दरखास्त दिन सकिने छ ।जस अनुसार, अप्राविधिकतर्फ सहायक पाँचौ तहको लागि प्रशासन, समान्य प्रशासन तर्फ खुल्लामा १४ जना, प्रशासन , लेखा तर्फ ६ जना र प्रशासन, राजस्व तर्फ २ जना गरी कुल २२ जना कर्मचारी माग गरिएको हो । दलित महिलातर्फ दुई जना, दलितमा १ जना, मुस्लिम महिलातर्फ १ जना, मुस्लिम १ जना, आदिवासी जनजाती महिला १ जना, थारु महिला १ जना गरी कर्मचारी माग गरिएको छ ।यस्तै अन्तरसेवा तर्फको लागि कुल ८ जना कर्मचारी प्रशासन, समान्य प्रशासन, प्रशासन लेखा, प्रशासन राजस्वको लागि माग गरिएको हो ।
प्रदेश २ को लोकसेवा आयोगले निकालेको विज्ञापनमा प्राविधिकतर्फ सहायक पाँचौ तहको ९स्वास्थ्य सेवा बाहेकका सेवा तर्फ० को लागि पनि अधिक सँख्यामा कर्मचारी भर्ना गरिने भएको छ । जसको लागि खुल्ला सहित विभिन्न आरक्षण समेत छुटयाइएको हो ।