सप्तरी – सप्तरीकाे हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१४ रम्पुरा मल्हनिया स्थित बाेडर चाेकमा हनुमान मुर्तिकाे स्थापना गरेकाे छ ।
नाग पन्चमिकाे अवसर पारेर वडाअध्यक्ष सत्य नारायण यादवकाे ब्यक्तिगत लगानिमा साे हनुमान मुर्तिकाे स्थापना गरिएको हाे । विगत एक वर्ष पहिला नै हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१४ रम्पुरा मल्हनिया स्थित कुनाेलि बाेर्डरमा वडा कार्यालयकाे झण्डै ५ लाख अार्थिक सहयोगमा हनुमान मन्दिर निर्माण गरिएको स्थानीय युवा नेता सुर्य नारायण यादवले जानकारी दिनुभयाे ।यता नाग पन्चमिकाे अवसर पारेर साे मन्दिरमा वडाअध्यक्ष यादवले अाफ्नाे ब्यक्तिगत लगानिमा ५० हजारमा हनुमान बावाकाे मुर्ति ल्याएर स्थापना गरेका छन ।
हिन्दु धर्म रक्षाका लागि त्यहा हनुमान मन्दिरका साथै बजरङबलि बाबाकाे मुर्ति स्थापना भए पछि स्थानीयबासिहरुले खुशिसगे वडाअध्यक्ष यादवलाई धन्यवाद समेत ब्यक्त गरेका छन ।