११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, साउन ३१, २०७८

काठमाडौं – कोरोनाविरुद्धको खोप नलगाएरै विद्यार्थीहरू परीक्षामा सहभागी हुन बाध्य भएका छन् । सरकारले परीक्षार्थीहरूलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने भने पनि औपचारिकतामा मात्रै सीमित भएको छ ।

परीक्षाका बेला वा परीक्षा हुनु दुई÷तिन दिनअघि खोप उपलब्ध गराउने घोषणा गर्ने विषय सान्दर्भिक नभएको परीक्षामा सहभागी खोप लगाउन नपाएका विद्यार्थीहरू बताउँछन् ।त्रिभुव विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर विज्ञान संकायको परीक्षा दिन दाङबाट आएका विद्यार्थी रबिन गौतमले भने, ‘परीक्षा हलमा प्रवेश गर्दा ज्वरो पनि जाँच गरेनन् । सेनिटाइजरको पनि व्यवस्था थिएन । खोप त शुक्रवार बेलुकी आएको शनिबार परीक्षा कसरी कहाँबाट लगाउनु ?’

लोकसेवा आयोगको परीक्षामा सहभागी परीक्षार्थी भन्छन्, ‘दुई दिनअघि खोप दिने भन्ने अनि परीक्षाको तयारी गर्ने कि खोप लगाउन लाइनमा लाग्ने । त्यही पनि ६० हजार विश्व विद्यालयस्तरका परीक्षार्थीलाई मात्रै भनिएको छ ।’परीक्षाको एक÷दुई दिनअघि सरकारले खोप दिने घोषणा गर्नुभन्दा पनि विद्यार्थीलाई सहज र सरल तरिकाले खोप उपलब्ध गराउनुपर्ने विद्यार्थीको माग छ । हाल विश्वविद्यालयस्तर र लोकसेवाले सञ्चालन गरेका परीक्षा भौतिक उपस्थितिसहित निर्बाध रूपमा सञ्चालन भइरहेका छन् । तर, अधिकांश परीक्षार्थीहरू खोप लगाउनबाट वञ्चित भए ।
सरकारले त्रिभुवन विश्वविद्यालयअन्तर्गत परीक्षा दिने ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने बताएको थियो । करिब ६० हजार विद्यार्थीलाई खोप दिइने र त्यसका लागि तयारी गर्न जिल्लाहरूलाई निर्देशन दिइएको बताएको थियो ।

विश्वविद्यालयस्तरको परीक्षाको प्रवेशपत्र पाएका विद्यार्थीका लागि प्रवेशपत्र हेरेर अस्ट्राजेनेका वा भेरोसेलको पहिलो मात्रा खोप लगाउने भनिए पनि अधिकांश विद्यार्थीहरू खोप नलगाई परीक्षा दिन बाध्य छन् ।लोकसेवाको नायव सुब्बा परीक्षा दिएका विद्यार्थी अशोक रोकाले भने, खोप लगाउने जाने कि परीक्षाको तयारी गर्ने ? कम्तीमा नियमित रूपमा खोप अभियान सञ्चालन गर्नुुपर्छ । खोप लगाउन एक/दुई दिन छुट्याएर हुँदैन ।’ यस्तै, त्रिविले सञ्चालन गरेको स्नातकोत्तर तह प्रवेश परीक्षाका लागि गुल्मीबाट शुक्रबार बेलुकी काठमाडौं आएका रबिन अर्यालले भने, ‘शुक्रबार बेलुकी आइपुगे शनिबार परीक्षा छ कसरी खोप लगाउनु ? यो अलि वैज्ञानिक भएन कि भन्ने हो ।’ परीक्षा हलमा भौतिक दूरी कायम भए पनि बाहिर हलभित्र छिर्नेदेखि परीक्षा दिन जाँदा जनस्वास्थ्यका मापदण्ड लागू नभएको विद्यार्थीहरू बताउँछन् ।

अखिलका अध्यक्ष ऐन महरले सबै परीक्षार्थीहरूलाई खोप उपलब्ध गराउनुपर्ने बताए । उनले भने, ‘आमविद्यार्थीहरूलाई खोप उपलब्ध गराउनुपर्छ । खोप लगाउन नपाउँदा विद्यार्थीहरू निकै मर्कामा परेका छन् । हामीले सरकारसँग पटकपटक खोप उपलब्ध गराउन माग गरेका छौं ।’हिजो शनिबार लोकसेवा आयोगले अप्राविधिकतर्फको पाँचाैँ तह र त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम वर्षका केही विषयको भौतिक उपस्थितिसहित प्रवेश परीक्षा लिएको थियो ।सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमणबाट बच्न भौतिक दूरी कायम, मास्कको समूचित प्रयोगमा ध्यान दिनुपर्ने बताउँछन् । उनले भने, ‘आवतजावत गर्दा वा घर बाहिर निस्कँदा सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्ड कार्यान्वयन गर्नुपर्छ । हेलचेक्र्याइँ गर्नुहुँदैन ।’

यसअघि सरकारले कोरोना जोखिमलाई मध्यनजर गर्दै कक्षा १२ को परीक्षा स्थगित गरेको थियो । तर, अन्य परीक्षाहरू भने निर्बाध रूपमा भौतिक उपस्थितिसहित निर्बाध रूपमा सञ्चालन भइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोप उपलब्ध गराउने घोषणा गरे पनि कार्यान्वयनमा आउन सकेको छैन ।शनिबार कोरोना परीक्षण कम हुँदा संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणदर स्थिर रहेको छ । शनिबार देशभर थप २ हजार ६ सय २४ जनामा संक्रमण देखिएको छ । देशभर गरिएको ८ हजार ६ सय ६७ पीसीआर र ४ हजार ९ सय ६ जनाको एन्टिजेन परीक्षणका क्रममा २ हजार ६ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ७ लाख ३० हजार ४ सय ७९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४ सय ५ जना रहेका छन् ।

शनिबार थप १ हजार ३ सय २० जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख ८० हजार ८ सय १५ पुगेको छ । पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २ सय ५९ पुगेको छ ।देशभर ७ सय ६० जना आईसीयूमा उपचाररत रहेका छन् भने १ सय ८६ जना भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ४ सय ११ जना क्वारेन्टाइनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]