काठमाडौं – काठमाडौं उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन नेवार समुदायले यो पर्व मनाउने गर्छन् ।
एक वर्षमा दिवङ्गत भएको परिवारजनको नाममा गाई अथवा गाईको भेषमा बालकलाई नगर परिक्रमा गर्ने चलन छ ।
गाई बनेर नगर परिक्रमा गर्दा नगरमा दिवङ्गत भएकाहरु गाईको पुछार समातेर वैतर्णी पार हुन्छन् भने विश्वास छ । यसवर्ष कोरोना संक्रमणको त्रासका कारण सतर्कता अपनाई मास्क लगाएर नगर परिक्रमा गरिएको छ ।