२६ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र ०७, २०७८

काठमाण्डौ – साउदीमा गएको एक हप्ता मात्रै त्यहाँको कानुन उल्लंघन गर्ने १६ हजार आप्रवासी पक्राउ परेका छन् ।

आवासीय, श्रम र सीमा सुरक्षा सम्बन्धी कानुन उल्लंघन गर्नेहरुलाई पक्राउ गरेको त्यहाँको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । आवासीय कानुन उल्लंघन गरेका पाँच हजार चार सय ३६ जनालाई पक्राउ गरेको छ । त्यस्तै नौ हजार ७५ सीमा सुरक्षा उल्लंघन गर्ने र श्रम कानुन उल्लङ्घन गर्ने एक हजार तीन सय ८९ जनालाई पक्राउ गरेको हो । अहिलेसम्म साउदीमा यस्ता कानुन उल्लंघन गर्ने ७८ हजारभन्दा बढीमाथि कानुनी कारबाही चलिरहेको गल्फ न्युजले जनाएको छ । जसमध्ये ६५ हजार बढी पुरुष र १३ हजार बढी महिला रहेका छन् । यस्तै ५८ हजार तीन सय उल्लङ्घनकर्तालाई कूटनीतिक प्रक्रियामार्फत स्वदेश फिर्तीको लागि पहल भइरहेको र आठ हजार एक सय २८ जनालाई देश निकाला गरिएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाइएको छ ।

त्यहाँको नियमअनुसार यस्तो अपराधमा संलग्न हुनेलाई १५ वर्ष जेल सजाय र दश लाख साउदी रियाल बराबरको जरिबाना तोकिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]