१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र ०७, २०७८

काठमाडौँ – नेपाल सरकारले अफगानिसतानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा प्रमुख डा झलक शर्मा गौतमले सोमबारबाट नेपालीहरुलाई खोप दिइने कान्तिपुरलाई बताए । उनले यससम्बन्धी योजना बनिसकेको र मंगलबारबाट नै दिन थालिने जानकारी गराए ।  डा गौतम भन्छन्, ‘हामीलाई विश्व स्वास्थ्य संगठन अन्तर्गतको आइएचआर (इन्टरनेशनल हेल्थ रेगुलसन)को सिफारिस आएपछि हामीले फर्किएका नेपालीहरुलाई पोलियो खोप दिने निर्णय गरेका हौँ ।’

उनका अनुसार छुटेका अरु नेपालीहरु जो घर फर्किइसकेका छन् उनीहरुलाई नजिकैको खोप केन्द्रमा गएर पोलियो खोप दिनु भनेर पत्राचार भइसकेको छ । ‘अफगानिस्तानमा पोलियोको संक्रमण भएकाले फर्किएकालाई खोप दिने निर्णय भएको हो,’ डा गौतमले भने । भारतले आइतबार अफगानिस्तानबाट फर्किएकाहरुलाई पोलियो खोप दिएको छ । भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीले बिहीबार ट्वीट गर्दे भनेका छन्, ‘हामीले अफगानिस्तानबाट फर्किएका नागरिकहरुलाई नि:शुल्क पोलियो खोप दिने निर्णय गरेका छौँ । सम्पूर्ण स्वास्थ्य टिमलाई बधाई ।’

सन् २०१६ यता अफगानिस्तान र पाकिस्तानमा मात्र पोलियो रोग छ । आइतबार भारतले १०७ भारतीयसहित १६८ लाई उद्धार गरेको थियो । भारतले यसअघि २ सय मानिसहरुलाई उद्धार गरिसकेको छ । हालसम्म अफगानिस्तानबाट ५ सय ४ जना नागरिकको सरकारले उद्धार गरिसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]