पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ४६७ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। यस्तै, ३९ हजार ४८६ जना संक्रमण मुक्त भएका छन्
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख १९ हजार ५५१ पुगेको छ। यस्तै, संक्रमणका कारण थप ३५४ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म कोरोना संक्रमणका कारण ४ लाख ३५ हजार ११० जनाको मृत्यु भइसकेको छ।