२६ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र १०, २०७८

अमेरिका र बेलायतले अफगानिस्तानको हमिद कार्जाइ अन्तर्राष्ट्रय विमानस्थलबाट गर्नेहरुलाई सुरक्षा सतर्कता अपनाउन अपिल गरेको छ।

काबुलस्थित उक्त विमानस्थलबाट कयौं विदेशीहरुले देश छाड्ने क्रम जारी छ। १० दिनअघि तालिवानले सत्ता कब्जामा लिएपछि काबुल विमानस्थलबाट ८२ हजार बढी मानिसले आफगानिस्तान छाडेको बताइएको छ।

बुधवार अबेर भने अमेरिका र बेलायतले काबुल विमानस्थल बाहिर कुनै बेला आतंकवादी हमला हुनसक्ने प्रक्षेपण गरेको बताइएको छ। यतिबेला विमानस्थल बाहिर कयौं मानिसहरु आफ्नो देश फिर्तीका लागि विमान पर्खिरहेका छन्। अमेरिकी फौजले ३१ अगस्टमा अफगानिस्तान छाड्ने भने पनि आफ्नो नागरिक सबैलाई नलगेसम्म नछाड्ने यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बताइसकेका छन्।

अमेरिकी फौजले अफगानिस्तान छाड्नुअघि नै आफ्नो देश फर्कन चाहनेहरुलाई तालिवानले जान सक्ने भन्दै खुला गरिदिएको छ। त्यसयता काबुल विमानस्थलमा मानिसहरुको ओइरो नै लागेको थियो।

बुधवार अमेरिकी रक्षा मन्त्रालयले चाँडोभन्दा चाँडो अफगानिस्तान छाडेको राम्रो भन्ने सन्देश जारी गरिएको बीबीसीले जनाएको छ। यता बेलायतले पनि काबुलभन्दा सुरक्षित स्थानमा सर्न र थप सुझावका लागि पर्खन भनेको बीबीसीमा उल्लेख छ।

सेकुरेटि थ्रेट् भन्दै अमेरिका र बेलायतले यस्ता अपिल जारी गरेपनि कसले आक्रमण गर्दैछ भन्ने विषयमा भने खुलाएका छैनन्।

यता सिएनएनले भने आइएसआइएस-केले काबुल विमानस्थलबाहिर आक्रमणको योजना बनाएको उल्लेख गरिएको छ। अमेरिकी रक्षा मन्त्रालयको अधिकारीको भनाई उद्धृत गर्दै सिएनएनले तालिवान आइएसआइएसको शत्रु भएकोले यस्तो आक्रमण हुन सक्ने जनाएको छ।

काबुलस्थित अमेरिकी दूतावासले काबुल विमानस्थलबाहिर धेरै समय नअलमलिनसमेत सुझाव दिएको छ। अफगानिस्तानबाट नेपालीहरु पनि फर्कने क्रम जारी छ। १५०० भन्दा बढी नेपालीहरु त्यहाँ रहेको अनुमान गरिएकोमा हालसम्म ७७० जना नेपाल फर्किसकेको सरकारले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]