सप्तरी – प्रदेश २ सरकारको अर्थ मन्त्रालयका जिम्मेवारी पाएका शैलेन्द्र प्रसाद साहले सामाजिक संजाल मार्फत आफ्ना पाँच वटा प्राथमिकता उल्लेख गरेका छन् ।
आज सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना प्राथमिकता उल्लेख गरेका छन । यसअघि शाहले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हाल्दै आएका थिए । पछिल्लो पटक हिजो (आइतवार) मात्रै प्रदेश सरकारले मन्त्रीहरुलाई हेरफेर गर्ने क्रममा उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिईएको छ।
के के हुन् त पाँच प्राथमिकता
* पहिलो कुरा वित्तीय अनुशासन कायम गर्नु।
* दोसो कुरा अर्थ मन्त्रालयकै कारण कुनै पनि कार्यक्रम कार्यान्वयनमा विलम्ब हुँदैन । त्वरित (शीघ्रातिशीघ्र) विनियोजित बजेट निकासा हुन्छ ।
* तेसो कुरा, कुनै पनि मन्त्रालयका योजनाको औचित्य र आवश्यकताका आधारमा तिनको कार्यान्वयनका लागि समयमै स्रोत परिचालन गरिनेछ ।
* चौथो कुरा, योजना कार्यान्वयनको अनुगमन तथा मूत्यांकन प्रणालीलाई प्रभावकारी बनाइनेछ ।
* पाँचौं कुरा, मानव विकास सूचकांकमा कमजोर स्थितिमा रहेका शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रलाई
प्राथमिकता दिइनेछ । कृषिमा आधारित अर्थतन्तको विकास गरिनेछ ।