सप्तरी – सप्तरीमा मानसिक सन्तुलन गुमेकि महिलाले जन्माए बच्चा,स्थानीयले गुहारे सहयोग भन्नेर प्रकाशन भएको समाचार ले आज निक्कै चर्चा बटुलेको छ ।
समाचार सम्प्रेषण भए लगतै ति आमा र बच्चा लाई विभिन्न संस्था सहयोगकालागि पुगे । अन्यौलमा रहेको ति बच्चा र आमा को टुंगो समेत लागेको छ । समाचार पाउनु लगतै सबल नेपाल का आयुष श्रेष्ठ र अशोक शाह, सप्तरी युथका बिष्णु यादव र अनवर अलि ,के छ खबर का संस्थापक/ अध्यक्ष निखिल राउत , जिल्ला प्रशाशन कार्यालयका प्रमुख जय नारायण आचार्य को सहयोगमा बच्चा र आमा को उद्दार गरिएको हो ।
उद्दार का लागि कोशिश नेपालका प्रतिनिधि रश्मि चौधरी ,रुपनी गाउँपालिका बाट मानसिक सम्बन्धि हेर्ने रन्जना चौधरी ,शम्भुनाथ नगरपालिका वडा नम्बर -०३ का सत्रुधन चौधरी को उपस्थिति रहेको थियो । उद्दार गरि लागिएको बच्चा र आमा लाई सबल नेपाल को आर्थिक खर्च मा अस्पताल सम्म पुर्याएको हो भन्ने जिल्ला प्रशाशन प्रमुख को रोहबरमा अस्पताल खर्च र मानब सेवा आश्रम हरिवन सर्लाही का लागि पहल गरिएको हो । बच्चा र आमा लाई स्वास्थ्य परिक्षण गर्न गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ । यता बच्चा र आमा लाई जिल्ला प्रशाशन प्रमुखले मानब सेवा आश्रम हरिवन सर्लाही लगिने तयारी रहेको जानकारी युथ सप्तरी का बिष्णु यादव ले जानकारी गराए ।
मानब धर्म भन्दा ठुलो धर्म केहि हुन्न रहेछ आज सप्तरी को यो समाचार ले प्रस्ट पारेको हो ।