०८ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र १६, २०७८

काठमाडौं– दुर्घटनापछि गम्भीर अवस्थामा उपचाररत कलाकार निशा घिमिरेको निधन भएको छ ।

नर्भिक अस्पतालमा उपचाररत घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे मृत्यु भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

अस्पतालले मंगलबार मात्रै पत्रकार सम्मेलन गरेर घिमिरेको स्वास्थ्य सुधार नभएको जनाएको थियो ।

भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।

नेपाली कलाकारितामा सफलता प्राप्त भइरहेको बेला अझै राम्रो गर्ने सोचले अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि साढे दुई वर्षअघि भारतको देहरादुन पुगेकी निशा त्यहाँ पुगेको करिब डेढ महिनापछि नै कार दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनापछि बोल्न र हिँड्न छाडेकी उनको उपचारको अभावका कारण दिन प्रति दिन बिग्रँदै गएको थियो । अहिले उनी शारीरिक अशक्तताका कारण उनको शरीरमा हाड र छालाबाहेक केही देखिँदैन ।

ललितपुरको मध्यमवर्गीय परिवारकी निशाको परिवारको आर्थिक स्थिति कमजोर भएका कारण उनको उपचारमा ढिलाइ हुन पुगेको हो ।

अभिनेत्री निशा घिमिरेको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने भएको थियो । दुर्घटनामा परेर विगत तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेको अस्पतालले बिहीबार उपचार समेत थालेको थियो ।

समाचार माध्यमबाट निशाको अवस्था जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेकी हुन् । नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले घिमिरेको दर्दनाक अवस्थाको विषयमा फेसबुकमा समेत पोष्ट गरेका थिए ।

प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको नर्भिक अस्पतालले जनाएको थियो । चिकित्सकले उनको अवस्था सुधार हुने अपेक्षा गरेको थियो तर अचानक बुधबार साँझ ६:५१ बजे मृत्यु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]