१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र १७, २०७८

सप्तरी – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही ३० भदौबाट सञ्चालन गर्ने भएको छ।

बोर्डको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। यस वर्षको परीक्षा होम सेन्टरबाटै सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।

स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ। यसका लागि बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ।

कोभिड-१९ को संक्रमणका कारण यसअघि कक्षा १२ को परीक्षा दुईपटक स्थगित भएको थियो। कक्षा १२ मा तीन लाख ७२ हजार ३४८ परीक्षार्थीका लागि बोर्डले चार हजार ३१० परीक्षा केन्द्र निर्धारण गरेको छ। होम सेन्टरमै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिने शर्माले बताए। यस वर्ष १०० अंककै परीक्षा हुने भएको छ।

गत वर्ष परीक्षा समय र अङ्क भार घटाएर परीक्षा लिएको थियो। बोर्डले ४० प्रतिशत मूल्याङ्कनका लागि मात्रै परीक्षा लिएको थियो। बाँकी ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा भएको थियो।

परीक्षा तालिका :

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]