सप्तरी – सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आज कोशी तटबन्धको निरिक्षण एवम अनुगमन गरेका छन ।
प्र जि अ को नेतृत्वमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा अवस्थित कोशी नदीमा निर्माण गरिरहेका तटबन्ध बाध(स्पर)को अवलोकन गर्न पुगेका थिए ।कोशीको उच्च जोखिमलाई निराकरण तथा व्यवस्थापन गर्नको लागि त्यहाँ अनुगमन गरिएको जनाइएको छ ।केही दिन यता लगातार परिरहेको बर्षाका कारण कोशी नदिमा आएको बाढीले त्यहाँ निर्माण भइरहेको तटबन्धको निरिक्षण गर्दै कोशी तटबन्धमा भइरहेको कामहरुको गुनस्तर बारे जानकारी लिएका छन ।
तिलाठी कोइलाडी गाउँपालिकास्थित कोशी नदीको छेउमा तटबन्ध बाध(स्पर) निर्माण गरिएको छ । उक्त ठाउँमा भारतीय ठेकेदार कम्पनीले तारजाली र बोरामा बालु हालेर तटबन्ध निर्माण गर्ने कार्य भईरहेको जानकारी गराए ।कोशी नदिमा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिकासहित अन्य गाउँमा बाढी पस्न नदिनको लागि अहिले तारजाली र बोरामा बालु हालेर निर्माण कार्य जारी राखेको अनुगमनमा सहभागि सप्तरी युथ नेपालका कोषध्यक्ष बिष्णु यादवले जानकारी के छ खबर संग गराए ।
सो क्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिँहले सन्तोष जनक काम भइरहेको बताउदै यहाँ निर्माण गरिरहेका मजदुरहरुलाई सहयोग गर्नुपर्ने जोड दिएका थिए । सो अनुगमणमा बिभिन्न निकायका सुरक्षाकर्मी,स्थानियबासी र तिलाठी कोइलाडीका गाउँपालिका अध्यक्षसहित कर्मचारीहरु सहभागि रहेको थियो ।