एजेन्सी – बेलायत सरकारको एक सल्लाहकार बोर्डले पछिल्लो समय आएका भ्याक्सिनहरु १२ देखि १५ वर्षका बालबालिकाहरुका लागि खासै प्रभावकारी नभएको बताएको छ ।
शुक्रबार यो सल्लाहकार बोर्डले बेलायत सरकारलाई यो समूहलाई भ्याक्सिनको कुनै प्रभाव नदेखिएको भन्दै आफूहरुले भ्याक्सिन लगाउन सिफारिस नगर्ने पनि बताएको छ ।
यसको फाइदा अत्यन्त कम भएकाले यसलाई सिफारिस नगरिएको यो समितिले बताएको अन्तर्राष्ट्रिय सन्चारमाध्यममा समाचार छ ।
विभिन्न देशमा यो उमेर समूहमा पनि भ्याक्सिन लगाउन सुरु गरिएको प्रसंगलाई उठाउँदै यो समितिले भ्याक्सिन लगाउनुले कुनै फरक नपारेको बताएको हो ।
बेलायतमा विस्तारै स्कुलहरु खुल्दै जाँदा र सल्लाहकार समितिले दिएको यो रायका कारण ठूलो अन्योल छाएको छ । त्यहाँ अब स्कुले विद्यार्थीहरुमा कोरोना महामारी व्यापक हुनसक्ने अनुमान गरिएको छ ।