०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – बहुउपयोगी वनस्पति चिराइतोको मुल्यमा गिरावट आएपछि भोजपुरका किसान समस्यामा परेका छन् । किसानको व्यवसायिक चिराइतो खेतीमा आकर्षण बढे पनि मुल्यमा भने वर्षेणी गिरावट आउन थालेपछि उनीहरु समस्या परेका हुन् ।

उनीहरुले उत्पादन पनि राम्रै गरिरहेका छन् । विगतका वर्षहरुमा प्रतिमन २० देखि २५ हजार रुपँैयामा विक्री गर्दै आएका कृषकहरु यस वर्ष प्रतिमन ८ हजार रुपैँयामा बिक्री गर्न बाध्य भएका छन् ।स्थानीय कृषक एकराज विष्टले भने, ‘१२ रोपनी बारीमा चिराइतो खेती गरिरहेको छु । मुल्य वर्षेणी बृद्धि हुनको साटो घटिरहेको छ । उत्पादन त राम्रो छ तर बजारीकरणमा समस्या हुँदा भने समस्या छौँ अहिले प्रतिमन ६ हजार रुपैँयामा विक्री गर्न बाध्य छौँ ।’परिवारसँग बसेर आफ्नै ठाउँमा गरिने खेती भएकोले विदेशमा दुःख गर्नु भन्दा हाल पाउने गरेको मुल्य पनि ठिकै रहेको कृषक विष्टको भनाइ छ । निरन्तर खेती गरी रहेकोले एक न एक दिन राम्रो मुल्य पाउनेमा उनी आशाबादी छन् । ‘मेहनत अनुसारको मुल्य त छैन तर अहिले पाएको मुल्य अन्यबालीको तुलनामा ठिकै छ, निरन्तर रुपमा खेती गरिरहेका छु, कुनै दिन त मुल्य पाउलानी ?’ कृषक विष्टले भने ।

ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने स्थानीय कृषका देवबहादुर विष्टले बताए। चिराइतो बहुउपयोगी जडीबुटी हुनाले भविष्यमा यसको मुल्य राम्रो हुने उहाँको भनाइ छ । कृषक विष्टले भने,‘ यसको महत्व धेरै छ, पछिल्लो समय हाम्रो ठाउँका धेरै साथीहरुले व्यवसायिक खेती गरिरहनु भएको छ, सोचे जस्तो मुल्य नपाएपनि विदेशमा गएर दुःख गर्नु भन्दा यो आम्दानी पनि राम्रै छ ।’कृषकहरुले उत्पादन गरेको चिराइतो अहिले आफ्नै फर्मबाट प्रतिमन ८ हजारले विक्री हुने गरेको छ । मनको थोरै मुल्य भएपनि अन्यबाली लगाउनु भन्दा यसको आम्दानी तुलानात्मक रुपमा राम्रै रहेको उनीहरु बताउँछन्। सरकारको तर्फबाट सहयोग भएमा यसलाई विस्तार गर्न थप टेवा मिल्ने कृषकहरु बताउँछन् । कृषक पदम बस्नेतले भने,‘हाम्रो ठाउँमा धेरै कृषकहरु यसको खेतीमा आवद्ध छौँ, उत्पादन पनि राम्रो छ, यसको बजारीकरणको लागि सरकारको तर्फबाट साथ भए हामीलाई राहत हुने थियो ।’विशेष गरेर १५ सय माथिको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने डिभिजन बन कार्यालय भोजपुरको भनाइ छ । कार्यालयले पनि यस्ता ठाउँहरुको छनौट गरेर चिराइतो खेतीको लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।

यहाँको चिराइतो भारत, चीन र बंगलादेशमा निर्यात हुने गरेको व्यवसायीहरुको भनाइ छ । भोजपुरको अधिकांश माथिल्लो भेगमा यसको व्यवसायिक खेती हुने गरेको छ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौंछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिला लगायत ठाँउ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रुपमा रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]