१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २१, २०७८

काबुल – तालिवान अधिकारीहरूले अफगानिस्तानको राजधानी काबुलमा केही दर्जन महिलाले गरेको विरोध प्रदर्शन तितर–बितर पारिदिएका छन् ।

अमेरिकाको नेतृत्वमा रहेको विदेशी फौजले अफगान भूमि छाड्ना साथ इस्लामिक लडाकु समूह तालिवानले सम्पूर्ण अफगानिस्तानमाथि कब्जा गरे यता पहिलोपटक महिला समूहले यसरी तालिवानको विरोध गर्ने आँट गरेको हो । यस प्रदर्शनकारी महिला समूहले तालिवानले अश्रुग्यास र खुर्सानीको धुलो छ्यापेर तालिवान अधिकारीहरूले राष्ट्रपति भवनतर्फ जाँदै गर्दा एउटा पुलमै रोकेको बताएको छ । अहिले धमाधम काबुल र हेरात शहरमा महिलाहरूले आफ्ना हकहित र अधिकारको सुनिश्चितताको माग गर्दै विरोध प्रदर्शन गर्न थालेका छन् । तिनीहरूले काम फर्कन पाउनुपर्ने र सरकारमा महिलाहरूको पनि सहभागिता रहनुपर्ने माग पनि अघि सारेका छन् ।

तालिवान समूहले महिलाहरूलाई सरकारमा लान त सकिने त मन्त्री पद दिन नसकिने विचार व्यक्त गरेको छ । अफगानिस्तानका अधिकांश महिलाहरू अहिले आफूहरूलाई तालिवानले सन् १९९६ देखि २००१ सम्म सत्तामा रहँदाजस्तो कठोर व्यवहार गर्ने हो की भनेर त्रसित रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]