सप्तरी – सप्तरी जिल्लाकाे खडक नगरपालिका वडा न ९ मा पानिकाे उचित निकास बन्द भएपछि सडक भतकिएकाे छ ।
कल्याणपुर बजारदेखि दक्षिण तर्फ करिव २ सय ५० मिटरकाे दुरिमा पानिकाे निकास बन्द भएपछि सडक भतकेकाे हाे ।सडक भतकिएपछि स्थानीयलाई आउजाउमा समस्या उतपन्न भएकाे हो ।
स्थानिय व्यापारी संताेष चाैधरीका अनुसार पहिला कल्याणपुर बजारको चाैकदेखि दक्षिण तर्फकाे सडक खालडाखुलडि र पानी जमने गरेकाे भएपनि अहिले आएर सडक भासिएपछि गाडि नचल्दा व्यापारमा असर परेकाे छ ।
सडकको करिव डेढ सय मिटर हिलाे पानी जमने समस्या र खालडाखुलडि छन भने यता बजारकाे बाहिरपट्टि सडक टुटेकाले सप्लार्यबाट दिइएको अडका समान आउन पाएका छैन ।
। खडक नगरपालिका कार्यालयकाे करिब ५ सय मिटरको दुरिमा याे सडक साउनकाे २७ गते पानीको निकास बन्द भएपछि सडक भतकेकाे थियो ।भत्किएको सडक नबनदा यात्रुबाहक बस र अटाेरिकसा चलन सकेको छैन। सडक मर्मत सभार गरि संचालन गरिनु आवश्यक रहेको देखिन्छ । खडक नगरपालिकाकाे वडा न ८,१०, ११ र डाकनेस्वरी नगरपालिका सहित हुलाकी सडक खण्ड जाेडने यस सडक बिग्रिएकाे करिव महिना दिन हुनलागेको छ । हजारौं जानताकाे ओहोरदोहोर हुने सडक बिग्रेको बिषयमा नगरपालिकाले यथेष्ट धयान नदिनुले कमजोरी रहेको प्रस्ट देखिन्छ ।
यता जननिर्वाचित प्रतिनिध र सराेकारवलाकाे चाँडै यसप्रति ध्यानाकर्षण हाेस भन्ने स्थानीय ले गुहारेको हो ।यता सडक भासिएकाे बिषयमा वडा न ९ का वडाअध्यक्ष इझारुल मियाले पानी निरन्तर परिरहेकाले सडक मर्मत गर्न नसकेकाे स्वीकार गरेका छन । अवकाे दुईचार दिन पानी नपरेकाे खण्डमा सडक मर्मत गरि पुनः संचालनमा आउने जानकारी दिए । यसैबीच शनिबार खडक नगरपालिकाका मेयर स्थलगत निरिक्षण गरि अवरुद्ध रहेकाे बाटाे चाँडै मर्मत गरि संचालन गरिने जानकारी दिए ।
उनले भने नगपालिककाे ३ वडाकाे मुखय बाटो अवरुद्ध भएपछि पैदल यात्रु मात्र नभएर यस भेगका व्यापारी समेत मारमा परेकाेले समभव त यहीं एक दुईदिनमा संचालन हुने जानकारी दिए ।