सप्तरी – नेपालमा सोमबार थप १,८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७४३ जना निको भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७० हजार ७७९ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ भने ७ लाख २८ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् ।