०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र २२, २०७८

महोत्तरी – महोत्तरीमा सञ्चालित सबै रेडियो बन्द भएको छ । नेपाल विधुत प्राधिकरणले बाँकी बक्यौता रकम नतिर्ने जिल्लाका सबै रेडियोहरुको लाईन काटिएको छ ।

सोमवार गौशालाका तीन र बर्दिवासका तीन गरि ६ वटा रेडियोको लाइन काटिएको नेपाल विधुत प्राधिकरण गौशाला वितरण केन्द्रका प्रमुख विक्रम साहले जानकारी दिए । उनका अनुसार यसअघि बक्यौता रकम तिर्न सातदिने अल्टिमेटम सहित सम्बन्धित संस्थालाई पत्र काटिएको थियो ।

रेडियोहरुमा अधिकतम ५ लाखसम्म बाँकी बक्यौता रहेको उनले जानकारी दिए । सञ्चारमाध्यमको हकमा एकलाख भन्दा बढि बक्यौता रहेकाहरुको लाइन काटिएको प्रमुख साहले जनाए ।बक्यौता रकम नतिर्ने जो कोहिको लाइन काटिदै जाने उनको भनाई छ ।

यता सामुदायिक रेडियो प्रसारक संघ(अकोराब) का महोत्तरी अध्यक्ष राजकुमार श्रेष्ठले जिल्लाका सबै रेडियोको लाइन काटिएको जानकारी दिए ।उनका अनुसार जिल्लामा १० वटा रेडियो सञ्चालनमा रहेको छ ।कोरोना कहरले थला परेको सञ्चार क्षेत्रलाई यस्ताे कार्यले हत्तोसाहित पार्ने काम भएको उनको भनाई छ ।

‘कोरोना कहरमा निषेधाज्ञाले समग्र सञ्चार क्षेत्र थला परेको छ । विधुतको पैसा त हामीले तिर्नैपर्छ । तर यसरी हतारिएर लाइन काट्न हुँदैनथ्यो,’ अध्यक्ष श्रेष्ठले भने ‘हामी छलफल गर्दैछौं । संस्थागत निर्णय गरेर अघि बढ्छौं ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]