०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र २४, २०७८

जनकपुरधाम – प्रदेश २ सरकारले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय र पर्साको वीरगन्जमा विज्ञान प्रविधि विश्वविद्यालय तत्काल स्थापना गर्ने तयारी गरेको छ । यसअघि दुई आर्थिक वर्षमा नीति तथा कार्यक्रममा मात्र पर्दै आएका दुवै विश्वविद्यालयका काम यसै महिनादेखि सुरु गर्ने तयारी प्रदेश सरकारको छ ।

प्रदेशका आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साहले अध्यादेश ल्याएर दुवै विश्वविद्यालयका लागि रकम छुट्याउन लागिएको जानकारी दिए । ‘एक/दुई दिनभित्रै तत्काल २५/२५ करोड रुपैयाँ दिइनेछ,’ मन्त्री साहले भने, ‘यसै महिनादेखि विश्वविद्यालयका तात्कालीक पूर्वाधारको व्यवस्थापन गरिने छ ।’ दुवै विश्वविद्यालयमा आगामी कात्तिकदेखि नै पढाइ सुरु गर्ने तयारी प्रदेश सरकारको छ ।

राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमै कृषि विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिएको र विस्तारै पूर्वाधार थपिँदै लगिने उनले जनाए । ‘अब निर्वाहमुखी नभई व्यावसायिक कृषिलाई अगाडि बढाउन सकेमात्र कृषि क्षेत्रको विकास हुन सक्छ,’ मन्त्री साहले भने, ‘कृषि प्राविधिकको पढाइसँगै अनुसन्धानका लागि कृषि विश्वविद्यालय फलदायी हुनेछ ।’

यस्तै, प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि एक निर्वाचन क्षेत्र ५ किलोमिटर कालोपत्रे सडक निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने आर्थिक मन्त्री साहको योजना छ । बहुवर्षीय योजनामा राखेर यस वर्षदेखि एक निर्वाचन क्षेत्र ५ किलोमिटर पक्की सडक निर्माण कार्यको टेन्डर सुरु गरिने साहले जनाए ।

उनले प्रदेशका गौरवका आयोजनाहरूको कामलाई द्रुत गतिमा अगाडि बढाउन प्रदेश सरकारले आवश्यक सबै कदम चाल्ने बताउँदै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थित गरिने जनाए । प्रदेश सरकारसँग नागरिकको ठूलो अपेक्षा रहेको बताउँदै मन्त्री साहले वित्तीय अनुशासन कायम गर्नु अहिलेको चुनौती रहेको बताए । ‘सामान्य परिस्थितिमा बनेको सरकार होइन, आन्दोलनको उपलब्धिपछि सरकार निर्माण भएको हो,’ साहले भने ।
यो समाचार कान्तिपुरमा छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]