१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – बर्दिबास घटनाका दुबै मृतकका परिवारलाई बर्दिबास नगरपालिकाले जनही दुई लाख ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको छ।

नगरप्रमुख विदुर कार्कीले एक विज्ञप्ति जारी गर्दै बालत्कारपश्चात हत्या भएकी ६ वर्षीया बालिका गुलाव साह खातुन र प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेका परिवारलाई जनही २ लाख ५० हजार रुपैयाँको दरले राहत उपलब्ध गराउने जानकारी गराएका हुन्।

यस्तै प्रहरीको गोली लागेर मृत्यु भएका संजय भनिने वुद्धिराज न्यौपानेका परिवारका एक जना सदस्यलाई योग्यता एवं दक्षता अनुसार रोजगारी समेत उपलब्ध गराउने प्रतिवद्धता नगरप्रमुख कार्कीले जनाएका छन्।

दुवै घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाहीको साथै उचित क्षतिपूर्ति दिन सरकारसँग माग समेत नगरपालिकाले गरेको छ।

मृतक बालिका गुलाब साह खातुन र संजय न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरप्रमुख कार्कीले मृतक परिवारप्रति संवेदना प्रकट समेत गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]