काठमाडौँ – स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौँमा २५७, भक्तपुरमा ११ र ललितपुरमा ५६ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको भने २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
शुक्रबार १ हजार ६६० कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २७ हजार९५८ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ८ हजार ५ सय ४९ पीसीआर तथा २ हजार ३ सय ६७ एन्टिजेन परीक्षण भएको छ।