एजेन्सी – कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४६ लाख १२ हजार ६२६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २२ करोड ३६ लाख ३२ हजार ५४१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो- अमेरिका । अमेरिकामा हालसम्म ६ लाख ५४ हजार ४१२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ८५ हजार १७४ जनाले ज्यान गुमाइसकेका छन् । छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख ४२ हजार ९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
यसैगरी मेक्सिकोमा २ लाख ६६ हजार १५०, पेरुमा १ लाख ९८ हजार ६२१, रुसमा १ लाख ८७ हजार ७६८, बेलायतमा १ लाख ३४ हजार ३१३, इटालीमा १ लाख २९ हजार ८२८ र कोलम्बियामा १ लाख २५ हजार ५२९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।