काठमाडौं – अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको तालिबानले हत्या गरिदिएका छन्। सालेहको परिवारले समाचार एजेन्सी रोयटर्सलाई सूचना दिँदै सालेहका भाइ रोहुल्ला अजीजीको हत्या भएको जनाएको छ।
सालेहका भतिजोले रोयटर्सलाई एक टेक्स्ट म्यासेज पठाउँदै रोहुल्लाहो हत्याको सूचना दिएका हुन्। उनले म्यासेजमा लेखेका छन्, ‘हिजो उहाँको हत्या गरिएको हो। हामीलाई उहाँको शव अन्त्यष्टिसमेत गर्न दिइएको छैन। तालिबानहरू काकाको शव सड्नुपर्छ भनिरहेका छन्।’
तालिबान सूचना सेवा उर्दू भाषा एकाउन्टमा पनि पन्जीशिरमा संघर्षका दौरान रोहुल्ला मारिएको उल्लेख गरिएको छ।