१० पौष २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र २७, २०७८

काठमाडाैँ -ब्रिटेनकी १८ वर्षीय इमा राडुकानुले युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । नेपाली समय अनुसार आइतबार बिहान भएको फाइनलमा ब्रिटेनकी राडुकानुले क्यानडाकी अर्की किशोरी लेइला फर्नान्डेजलाई पाखा लगाउँदै उपाधि जितिन् ।

राडुकानुले ४० वर्षपछि ब्रिटेनलाई महिला एकल टेनिसमा उपाधि दिलाउन सफल भइन् ।बहुप्रतिक्षीत मानिएको यी दुई किशोरीबिचको फाइनलमा राडुकानुले ६-४ र ६-३ ले जित हात पारिन् ।

अर्थर आसे स्टेडियममा उनको सपोर्टमा आएका धेरै समर्थकलाई खुसी दिएको राडुकानुले यो उपलब्धि अविश्वसनीय भएको बताइन् ।उनले यो उपलब्धि १९७७ मा विम्बल्डन विजेता भर्जिनिया वेड प्रति समर्पित गरेकी थिइन् । त्यसयता बेलायतका कुनै पनि महिला खेलाडीले ग्रान्ड स्लामको उपाधि जितेका थिएनन् । उनी ग्रान्ड स्लाम इतिहासमा क्वालिफायर चरणबाट आएर उपाधि जित्ने पहिलो खेलाडी समेत बनिन् ।

२००४ मा अमेरिकी खेलाडी मारिया सारापोभाले विम्बल्डन जितेयता सर्वाधिक कम उमेरमा युएस ओपन च्याम्पियन बन्ने खेलाडी बनिनन् । साथै उनी सबैभन्दा कम उमेरमा ग्रान्डस्लाम जित्ने ब्रिटिस खेलाडी बनिन् । राडुकानु २०१४ मा सेरेना विलियम्स पछि कुनै पनि सेट नगुमाई उपाधि जित्ने खेलाडीको रूपमा समेत रहिन् ।

उनले १.८ मिलियन पाउन्ड पुरस्कार घर लैजाने छिन भने उनी अब विश्व वरियतामा २३ औ स्थानमा हुने छिन् । साथै उनी सोमबारबाट ब्रिटिस नम्बर एक पनि हुने छिन् ।

राडुकानु ब्रिटिस खेलकुद इतिहासकै यस्ती पात्र हुने छिन जसको इतिहासलाई अब कुनै पनि खेलाडीले तोड्ने सम्भावना कमजोर हुने छ । साथै उनको जित ब्रिटिस खेलकुद इतिहासकै सर्वाधिक सम्झन लायक क्षणका रूपमा रहिरहने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]