एजेन्सी – हाल अफगानिस्तानको सत्तामा रहेको तालिबानले शनिबार त्यहाँका महिलालाई शरिया कानुन मान्छु भन्ने शपथ खुवाएको छ।
शनिबार काबुल विश्वविद्यालयमा ३ सय छात्रासहितका महिलालाई भेला गराई तालिबानका नेताले शरिया कानुनसम्बन्धी प्रशिक्षण दिनाका साथै शपथ खुवाएका हुन्।त्यस क्रममा उसले महिलालाई आफ्नो झन्डा पनि बोक्न लगाएको थियो।तालिबानले आफ्नो शासनमा महिलाले लगाउनुपर्ने पोसाक पनि तोकेको छ।
अर्थात् महिलाले तलदेखि माथिसम्म अनुहानर पनि नदेखिने बुर्का लगाउनुपर्ने आदेश उसले दिएको हो।कार्यक्रममा अफगान महिला बच्चासमेत लिएर पुगेका थिए। विश्वविद्यालय पढ्न जाने युवतीले पनि त्यस्तै पोसाक लगाउनु्पर्ने तथा पुरुष विद्यार्थीसँग एउटै कक्षाकोठामा बस्न नपाइने नियम पनि तालिबानले लगाएको छ।