१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र २७, २०७८

विराटनगर – विराटनगर महानगरपालिकाले असोज पहिलो साताबाट विद्यालय सञ्चालन गर्नसक्ने गरी आन्तरिक सर्कुलर गरेको छ ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले असोज महिनाको प्रारम्भबाट आालोपाल प्रणालीमा विद्यालय आंक्षिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने वातावरण तयार पार्न विद्यालयहरुलाई निर्देशन दिएको हो ।महाशाखाले सबै सामुदायिक विद्यालयहरुलाई परिपत्र गर्दै विद्यालय सञ्चालनको वातावरण तयार पार्न पूर्व तयारी स्वरुप विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकहरुसँग छलफल अन्तरक्रिया गरी कार्ययोजना तयार पार्न पनि निर्देशन गरेको छ ।

महानगरले कोभिड १९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय तहको शैक्षिक सत्र २०७८ सञ्चालनका सम्बन्धमा शिक्षा समितिले गरेको निर्णयका आधारमा यस्तो परिपत्र जारी गरेको हो ।परिपत्रमा विद्यालय प्रशासन पूर्णरुपमा खुला गर्न र दैनिक प्रशासन सम्बन्धी काम जारी राख्न भनिभएको छ । यस्तै सबै शिक्षकलाई अनिवार्य विद्यालय पुगी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ले तोकेको विद्यार्थी भौतिक रुपमा नियमित उपस्थित पठनपाठन बाहेकका क्रियाकलाप सञ्चालन गर्न, अनलाइन कक्षालाई निरन्तरता दिन, छुट विद्यार्थी भर्ना गर्न, शैक्षिक तथ्यांक अद्यावधिक गर्न पनि निर्देशन गरेको छ ।

महाशाखाले भदौ मसान्तभित्रै नगर शिक्षा समितिको बैठक बसेर विद्यालय सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा थप निर्णय गर्ने पनि जनाएको छ । महाशाखाको यो निर्देशनले असोज ४ गतेबाट महानरका विद्यालयहरुले आंशिक रुपमा पठनपाठन गराउने देखिएको छ । असोज १ गते विश्वकर्मा पूजा, २ गते शनिबार र ३ गते संविधान दिवशको बिदा परेकोले ४ गतेबाट विद्यालयहरु आलोपालो प्रणालीमा सञ्चालन हुने छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]