सप्तरी – चीनमा परस्त्रीसँग सम्बन्ध राख्ने पतिलाई पत्नीले बाधेर नदीमा बगाइयो, चार जना पक्राउ
चीनमा एक महिलाले आफ्नै श्रीमानलाई बाधेर नदीमा बगाएकी छन्।
परस्त्रीसँग सम्बन्ध राखेको रंगेहात फेला पारेपछि ती महिलाले पिँजडामा बन्द गरेर नदीमा फालेको डेलीमेलले जनाएको छ। ती पुरुषलाई परस्त्रीसँग रंगेहात भेटेको र बाधेर नदीमा फ्याकेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। डेलीमेलले पनि भिडियो उल्लेख गरेको छ।घटना दक्षिण चीनको माओमिङ शहरमा गत शुक्रवार भएको हो। सार्वजनिक भिडियोमा एक पुरुष निवस्त्र देखिएका छन्। पत्नीले आफ्नो पतिलाई अर्की महिलासँग रंगेहात फेला पारेपछिको भिडियो हो यो। ती महिलासँग केही अरु मानिस पनि छन् जसले ती महिलाका पतिको हात बाधेर उनलाई बाँसको पिँजरामा हालेर नदीमा फ्याकेर आउँछन्।
यद्यपि ती पुरुषलाई अन्य मानिसहरुले उद्धार गरेर नदीबाट बाहिर ल्याई अस्पताल पुर्याए। उनको अहिले उपचार भइरहेको छ। प्रहरीले पत्नी सहित चार जनालाई हिरासतमा लिएर जाँच सुरु गरेको छ।