१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ३०, २०७८

बैतडी – देशका अन्य जिल्लामा जस्तै बैतडीमा पनि कक्षा १२ को परीक्षा सुरु भएको छ । पहिलो दिन आज विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् ।

यहाँ कक्षा १२ मा तीन हजार ६५५ विद्यार्थी छन् । सहभागी सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । सरकारको निर्णयअनुसार नै कक्षा १२ को परीक्षा दिने परीक्षार्थीहरूलाई यसअघि नै खोप दिइएको हो ।

परीक्षामा सहभागी हुने विद्यार्थीलाई एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । बैतडीमा ६२ वटा परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको पनि प्रमुख अवस्थीले बताउनुभयो । परीक्षा केन्द्रमा स्यानिटाइजर र मास्कको अनिवार्य व्यवस्था गरिएको छ । त्यस्तै परीक्षार्थीबीच भौतिक दूरी कायम गरी परीक्षा सञ्चालन भइरहेको छ ।

स्वास्थ्य कार्यालय बैतडीले जिल्लाका १० वटै स्थानीय तहमा कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीका लागि तीन हजार सात सय डोज खोप पठाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]