१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र ३१, २०७८

काठमाण्डौ – कतारले नेपालबाट लिने भनेको कतार प्रहरीको माग रद्द गरेको छ । अहिलेलाई कतार प्रहरीमा नेपाली भर्ना नगर्ने कतारले प्रष्ट पारेको छ ।

कतारले अघिल्लो वर्ष नै नेपालबाट प्रहरीको लागि माग भइ आएकोमा नेपाल सरकारले तदारुकता नदेखाउँदा त्यो माग अन्तैबाट पूर्ति गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।कतारको आन्तरिक मन्त्रालयबाट नेपालको अल तकेत ओभरसिज कम्पनीमार्फत कतार प्रहरीको लागि दुई सय जना भर्ना लिने भनि दूतावासमा मागपत्र प्रमाणीकरणको लागि पेस गरेको थियो । दूतावासका अनुसार गएको २९ अगष्टमा त्यो मागपत्र प्रमाणीकरण गरि कतारको सम्बन्धित मन्त्रालयमा पठाइएको थियो । तर सेप्टेम्बर १४ मा कतारको आन्तरिक मन्त्रालयले त्यो माग अन्तैबाट पूर्ति गरिसकेको भनेर सूचना जारी गरेको दूतावासले जनाएको छ ।

ढिलासुस्ती र सर्तविपरीत भर्ना थाल्दा माग रद्द
कतारले अघिल्लो वर्षको मंसिरबाटै नेपालीलाई कतारी प्रहरीमा भर्ना लिने भनेको थियो । तर नेपाल सरकार र म्यानपावरबीच कुरा नमिल्दा प्रक्रिया अगाडि बढेको थिएन ।

कतारमा रहेको नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरणको लागि नेपालको श्रम मन्त्रालयमा पठाए पनि यहाँको आन्तरिक ढिलासुस्तीका कारण मागपत्र प्रमाणीकरण हुन सकेन । तर अल तकेत ओभरसिजले भने मागपत्र पमाणीकरण नभइ गएको मंसिरमा अन्तर्वार्ता लिएको थियो । जसको लागि कतारबाटै अन्तर्वार्ता लिने टोलीसमेत आएको थियो । मागपत्र प्रमाणीकरण नभएरै अन्तार्वार्ता लिएको भनेर वैदेशिक रोजगार विभागले पनि हस्तक्षेप गरेको थियो ।

यस्तै कतार सरकारले कतार प्रहरीको छनौटको लागि कुनै शुल्क नलिने भन्ने सर्त राखेको थियो । सर्त विपरीत तकेत ओभरसिजले ठूलो रकम असुल गरेको थियो । यो विषय सञ्चारमाध्यममा आएपछि कतार सरकार पनि सतर्क बनेको थियो । ओभरसिजले प्रतिव्यक्ति ७ देखि १० लाख रुपैयाँसम्म रकम उठाएको बाहिर आएको थियो । यसरी आफ्नो सर्तको पनि पालना नगरेको र ढिलासुस्ती गरेका कारण कतार सरकारले प्रहरी भर्नाबाट हात झिकेको कतारमा रहेको नेपाली दूतावासको भनाइ छ ।

अब कतार सरकारले प्रहरी भर्ना नलिने भएपछि कतार प्रहरीमा जान तयार रहेकाहरु आफ्नो त्यति रकम के हुने भन्नेबारे चिन्तित छन् । कतार जान म्यानपावरलाई बुझाएको रकम सम्बन्धित व्यक्तिले पाउनुपर्ने दूतावासको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]