२९ पौष २०८१, सोमबार
11:33:10 AM

KChhaKhabar

शुक्रबार, आश्विन ०१, २०७८

धरान – पूर्वकै पवित्र शक्ति पीठ ताप्लेजुङमा रहेको पाथीभरा मन्दिर आज देखि दर्शनका लागि खुल्ला गरिएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले प्रेस विज्ञप्ति जारी गर्दै १ असोजबाट जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्ने सर्तमा आम भक्तजनका लागि मन्दिरमा दर्शन,पूजा,ध्यान तथा प्रार्थना गर्न खुल्ला गरिएको जनाएको छ ।पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार कोभिड–१९ को प्रभाव केही न्यून देखिएको तथा पाथीभरा दर्शनको सिजन समेत सुरु भएको अवस्थालाई ध्यानमा राखी मन्दिरमा दर्शन,पूजा,ध्यान तथा प्रार्थना गर्न खुल्ला गरिएको जानकारी दिए ।काफ्लेले कोभिड–१९ को प्रभाव केही कम भए पनि जोखिम कायमै रहेको र सङ्क्रमण पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको भन्दै नेपाल सरकारकारद्धारा लागु गरिएका स्वास्थ्य सुरक्षाका सबै उपायहरूको पालनामा भने तिर्थालुले ध्यान दिनै पर्ने बताए ।कोभिड–१९ सङ्क्रमणको दोस्रो भेरिएन्ट सँगै गत ५ महिना देखि पाथीभरा मन्दिरमा सार्वजनिक रूपले दर्शन,पूजा,ध्यान तथा प्रार्थनाको कार्य गर्न बन्देज गरिएको थियो ।

तिर्थालु तथा भक्तजनले भौतिक दुरी कायम गर्ने,मास्क,स्यानिटाइजर सहितको अनिवार्य प्रयोग गर्ने सहितका जनस्वास्थ्यका उपाय अपनाएर मन्दिरमा दर्शन,पूजा,ध्यान तथा प्रार्थना गर्न पाउने गरी आजबाट मन्दिर खुल्ला गरिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल -kchhakhabarofficial@gmail.com