०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ०१, २०७८

काठमाडौँ – चीनको अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् । उनीहरू पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको टियाहे मोड्यूलमा ९० दिन बसेका थिए ।

चन्द्रको पृष्ठभागमा चीन पहिलो पटक मानवरहित अन्तरिक्षयान अवतरण गराएका थियो 


चन्द्रको पृष्ठभागमा चीन पहिलो पटक मानवरहित अन्तरिक्षयान अवतरण गराएका थियो । चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार शन्जो-१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए। यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास र क्षमता बढेको देखाउँछ ।

न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शुक्रवार स्थानीय समयानुसार दिउँसो १:३५ बजे भित्री मंगोलियाको गोबी मरुभूमिमा अवतरण गरेका छन् । सोही मरुभूमिबाट गत जुन १७ मा उनीहरूको अन्तरिक्षयान उडेको थियो । पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि मानव पठाएको यो पहिलो पटक थियो ।

अन्तरिक्षमा चीन

चन्द्रमाको नजिकको भाग (देब्रे) र टाढाको भाग (दाहिने) बीच धेरै अन्तर छन्

अन्तरिक्ष केन्द्रको बसाइका बेला चिनियाँ अन्तरिक्षयात्रीहरूले पृथ्वीमा डेटा पठाउने प्रयोग र घण्टौँसम्म “अन्तरिक्षमा हिँड्ने” काम गरेको चीनबाट प्रकाशित ग्लोबल टाइम्सले जनाएको छ ।

 

 

उक्त अन्तरिक्ष केन्द्रमा अन्तरिक्षयात्रीहरू बस्ने मुख्य खण्डमा प्रत्येक व्यक्तिका लागि छुट्टै ठाउँ र शारीरिक अभ्यास गर्न विशेष खालको ट्रेडमिल र बाइसाइकलयुक्त व्यायामशाला भएको जानकारी ग्लोबल टाइम्सले दिएको छ ।

केही वर्षयता चीनले अन्तरिक्ष र खगोलशास्त्रको क्षेत्रमा ठूलो फड्को मारेको छ । सन् २०१९ मा चीनले चन्द्रमाको पृष्ठभागमा मानवरहित एउटा सानो अन्तरिक्षयान पठाएको थियो । पृथ्वीबाट नदेखिने उक्त भागमा कुनै अन्तरिक्षयान पुगेको त्यो नै पहिलो पटक थियो ।

यही वर्ष चीनले चन्द्रमाबाट चट्टान र माटोको नमुना ल्याएको छ र मङ्गल ग्रहमा छपाङ्ग्रे वाहन उतारेको छ । यी दुवै काम जटिल र चुनौतीपूर्ण मानिन्छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएमा चीनलाई सहभागी गराइएको थिएन । त्यसैले पनि चीनले आफ्नो छुट्टै अन्तरिक्ष केन्द्र स्थापना गर्‍यो ।

रुस, युरोप, क्यानडा र जापानसँग गरिएको सहकार्यको नेतृत्व गरेको अमेरिकाले अन्तरिक्षमा चीनसँग हात मिलाउन खोजेको छैन । तर चीनले आफ्नो अन्तरिक्ष केन्द्रमा अन्य देशलाई सहभागी गराउन आफू तयार रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]