सप्तरी – सप्तरीको छिन्नमस्ता गाउपालिका स्थित इलाका स्वास्थ्य चाेकि सखडामा अाेषधिकाे चरम अभाव रहेको अवस्थामा एक सामाजिक सस्थाले निशुल्क अाेषधि प्रदान गरेका छन ।
धर्मि हल्फा महिला विकास क्लव लालापटिले अाेषधिकाे अभाव रहेको अवस्थालाई मध्य नजर गरि विभिन्न राेगका झण्डै एक दर्जन कम्पनिकाे अाेषधिहरु निशुल्क रुपमा स्वास्थ्य चाेकिलाइ प्रदान गरेका हुन । छिन्नमस्ता गाउपालिकामा विगत तीन बर्षदेखि गाउसभा नभएका कारणले गाउपालिकाबाट कुने प्रकारकाे अाेषधिहरु उपलब्ध नगराएकाे खण्डमा उक्त सस्थाले अति अावश्यक अाेषधिहरु सहयाेग गरेकाे स्वास्थ्य चाेकिका प्रमुख अजय झाले सस्था प्रति धन्यवाद ब्यक्त गरेका छन । क्लवले मेटराेन ५०० चक्कि , सिटामाेल ,बेटाडिन , सिप्राे लगायतका विभिन्न एक दर्जन कम्पनिकाे अाेषधिहरु प्रदान गरेकाे क्लवका अध्यक्ष एव समाजसेवि इ. सुर्य नारायण यादवले जानकारी दिनुभयाे । साेहि कार्यक्रममा स्वास्थ्य चोकी सखडाका प्रमुख अजय कुमार झा लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाइ खांदा तथा माला लगाएर सम्मान समेत गरेका थिए ।
स्वास्थ्य चोकी सखडा अन्तर्गत रहेका ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ समेत १/१ थान थाल उपहार स्वरुप प्रदान गरेका छन । स्वास्थ्य चाेकि सखडाका प्रमुख अजय कुमार झाकाे अध्यक्ष्ा तथा संस्थाका अध्यक्ष एवम् समाजसेवी ई सूर्य नारायण यादवकाे प्रमुख अातिथ्यमा अायाेजित कार्यक्रममा मन्दिरका पीठाधीश महाकान्त ठाकुर लगायत स्थानीय व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।