१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन ०२, २०७८

कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म स्याङ्जाका १२१ जनाको मृत्यु भएको छ । कोभिड–१९ को पहिलो र दोस्रो लहरबाट जिल्लामा ६१ पुरुष र ३७ महिलाको ज्यान गएको हो भने अन्यको उपचारका क्रममा जिल्लाबाहिर मृत्यु भएको हो ।

एघार स्थानीय तहमध्ये सबैभन्दा बढी वालिङ नगरपालिकामा कोरोना सङ्क्रमणबाट २७ जना जनाको मृत्यु भएको छ । सबैभन्दा कम फेदीखोला गाउँपालिकामा एकको ज्यान गएको छ । यस्तै कोरोनाबाट गल्याङ नगरपालिकामा २६, पुतलीबजारमा १४, कालीगण्डकी गाउँपालिकामा सात, अर्जुनचौपारी र हरिनासमा ६–६, भीरकोट नगरपालिकामा पाँच, चापाकोटमा तीन तथा आँधीखोला र बिरुवा गाउँपालिकामा दुई–दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिए । जिल्लामा शुक्रबारसम्म तीन हजार ७२८ पुरुष र तीन हजार १० महिला सङ्क्रमित भएका छन् । हाल जिल्लामा ९८ पुरुष र ८१ महिला गरी १७९ सक्रिय सङ्क्रमित छन् ।

हालसम्म तीन हजार ५६८ पुरुष र दुई हजार ८९१ महिला निको भई घर फर्किएका शर्माले जानकारी दिए । जिल्लामा हाल १७७ सङ्क्रमित होम आइसोलेसनमा छन् । जिल्लामा हालसम्म ७९ हजार ९८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ६१ हजार नौ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]