सप्तरी – संविधान दिवस(राष्ट्रिय दिवस)को अवसरमा जिल्ला प्रशाशन कार्यालय सप्तरीमा सरसफाई कार्यक्रम आज आइतबार सम्पन्न भएको हो ।
“सफा स्वस्थ हाम्रो नगर, स्वच्छ बातावरणमा जिउने हाम्रो रहर” भन्ने मुल उद्देश्यका साथ आज प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको उपस्थितिमा सम्पन्न गरिएको हो ।
त्यस्तै साहयक प्रमुख जिल्ला अधिकारी नाथु साह, राष्ट्रिय अनुसन्धान प्रमुख नरेश साह, डि एस पी माधव काफले, वडाअध्यक्ष जय नारायण मंडल, सप्तरी युथ नेपाल ,तथा जिल्ला प्रशासन कार्यालय सम्पुर्ण कर्मचारी , नेपाली सेना ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी, लगायतका उपस्थितमाआज जिल्ला प्रशासन कार्यालय हाता भित्र र बाहिर वरी परि पूर्ण रूपले सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।