काठमाडौँ – रुसको एउटा विश्वविद्यालयमा गोली चल्दा ८ जनाको मृत्यु भएको छ । पर्म शहरको पर्म स्टेट युनिभर्सिटीममा चलेको गोलीबारीमा ८ जनाको मृत्यु भएको र ६ जना घाइते भएको रुसी समाचार संस्था तासले जनाएको छ ।
घटनाका बारेमा अनुसन्धान गर्न बनेको कमिटीका अनुसार विश्वविद्यालयकै एक जना विद्यार्थीले गोली चलाएका हुन् । घटनास्थल राजधानी मस्कोबाट करिब १३०० किलोमिटरको दूरीमा रहेका छन् ।
आक्रमणकारीको पहिचान भएको र नियन्त्रणमा लिने क्रममा घाइते भएको तासले जनाएको छ । आक्रमणपछि विश्वविद्यालयभित्र रहेका विद्यार्थी र अध्यापकहरू भवनभित्रै रहेका थिए भने केही विद्यार्थी झ्यालबाट हाम फालेका थिए ।