०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०५, २०७८

तालिबानले महिलालाई सकेसम्म छिट्टै विद्यालय फर्कन अनुमति दिने बताएको छ ।तालिबानका प्रवक्ता जबिल्लाह मुजाहिदले आफूहरुले जतिसक्दो छिटो महिलालाई विद्यालय जाने अनुमति दिने बताएका हुन् ।

मुजाहिदले भने, ‘हामी यसलाई अन्तिम रुप दिइरहेका छौं । जतिसक्दो छिटो हामीले यसबारे निर्णय गर्नेछौं ।’साथै तालिबानका प्रवक्ताले केही अन्य मन्त्रालयबारे पनि घोषणा गरेका छन् । तर अहिलेसम्म महिलासँग सम्बन्धित कुनै पनि मन्त्रालयबारे घोषणा भएको छैन ।तालिबानको शासनमा महिलाको भूमिका र अवस्था कस्तो होला भनेर धेरैले चासो र चिन्ता व्यक्त गरिरहेका छन् । तालिबानको पछिल्लो शासनमा महिलामाथि अति क्रुर र भेदभावपूर्ण व्यवहार गरिएको थियो । उनीहरु विद्यालयसमेत जान वञ्चित थिए ।

यद्यपि, तालिबानले यसपटक भने आफू फेरिएको बताउने गरेको छ । महिलासँग काँधमा काँध मिलाएर अघि बढ्ने बताउने गरेको तालिबानले महिलालाई उच्च ओहदा भने नदिइने स्पष्ट पारिसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]