सप्तरी ,
खडक नगरपालिका ७ नम्बर मा स्थानीयहरु ले लुकी छिपी भारत बाट आएका केहि ब्यक्ति लाई कोरेनटाइन राख्नु पर्छ भनेर बिरोध गरेका छन् । कोरोन संक्रमण अहिल्य नेपालमा पनि दिन प्रति दिन बढ्दै गएको अवस्था छ ।
यस महामारी मा भारत बाट लुकीछिपी आउने क्रम पनि बढ्दै गएको प्रस्ट छ यस्तै मध्ये रात मा लुकीछिपी भारत को राजिस्थान बाट वडा सचिब का छोरी र श्रीमती आएको थाहा पाउनु साथ् स्थानीय बिरोध मा उत्रेका छन् ।
स्थानिया सरकार समेत कुनै चासो नराखेको एक स्थानिय ले जानकारी गराए । भारत को राजिस्थानमा सचिबका छोरी पढ्ने सिलसिलामा गएको र आमा पनि छोरी संगै बस्दै आइरहेको बताए । बिना जांच गरि लुकीछिपी आउनु समाजमा चुनौती पूर्ण समेत रहेको जानकारी समेत स्थानीय ले जानकारी गराए ।
यसरि आफ्ना मान्छे भन्दै लुकाएर राख्ने भएको ले स्थानिय पूर्ण रुप ले त्रसित रहेका छन् ।