०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १२, २०७७

सप्तरी – कोरोना भाइरसको संक्रमण कम नभएकाले काठमाडौंमा तत्काल विद्यालय नखुल्ने भएका छन्। कक्षा १२ काे परीक्षा सकिएपछि मात्रै उपत्यका मेयर फाेरमकाे बैठकले यसबारे छलफल गरेर निष्कर्ष निकाल्ने जनाएकाे छ।

काठमाडौं महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ। पहिलेको तुलनामा कोरोना संक्रमणदर कम भएपनि जोखिम कायमै रहेको उल्लेख गर्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक माध्ययमबाट नै पठनपाठन हुने जनाएको हो।कात्तिक २० गते बसेको मन्त्रिपरिषद् बैठकले केही कार्यविधि बनाई विद्यालय सञ्चालनको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिएको छ। अहिलेसम्म विद्यालय सञ्चालन गर्नका लागि कुनै पनि विद्यालयले अनुमति नमागेको काठमाडौं महानगरका शिक्षा विभागका प्रमुख नमराज ढकालले बताए।
अहिले कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको र परीक्षा सकिए पनि उपपत्यका नगरपालिका फोरमको बैठकले यस विषयमा थप निर्णय गर्ने उनको भनाइ छ। कारोनाका कारण गत चैतदेखि विद्यालय बन्द छन्।

अहिले उपत्यकाबाहिरका केही विद्यालय सञ्चालन भएका छन्। तर, जोखिम कायम रहेका केही स्थानमा अझै विद्यालय खुल्न सकेका छैनन्।काठमाडौं उपत्यका नगरपालिका फोरमको केही दिनअघि बसेको बैठकले पनि अहिलेकै अवस्थामा विद्यालय खोल्न नसकिने बताएको छ। उपत्यकामा संक्रमण कम भएपछि स्वास्थ्यविज्ञको सल्लाहमा कार्यढाँचा तयार गरी सञ्चालन गरिने महानगरले जनाएको छ।

अहिले काठमाडौं महानगरमा ९१ सामुदायिक विद्यालयमा ४२ हजार विद्यार्थी अध्ययनरत छन्। त्यस्तै, पाँच सय ४१ संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी अध्ययनरत छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]