एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय यात्रा सहज पार्न विश्व समुदायसँग अपिल गरेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण यात्रुलाई एक देशबाट अर्को देशमा जान कठिनाइ भइरहेका बेला प्रधानमन्त्री मोदीले कोरोना खोप लगाएका यात्रुलाई कुनै पनि बाधा नगर्न अपिल गरेका हुन् ।
खोप लगाएको प्रमाणको पारस्परिक पहिचान गरि यात्रा सहज पार्नुपर्ने उनले बताए । प्रधानमन्त्री मोदीले भने, ‘महामारीले पारेको आर्थिक असरलाई सम्बोधन गर्नु आवश्यक छ । खोप लगाएको प्रमाणलाई मान्यता दिएर अन्तर्राष्ट्रिय यात्रा सहज पारौं ।’