सप्तरी – पछिल्लो २४ घण्टामा देशभर १ हजार २३९ जना कोभिड संक्रमित थपिएका छन् । १५ हजार २४३ वटा नमुनाको परीक्षण गर्दा १ हजार २३९ जनामा संक्रमण पुष्टी भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ ।
त्यस्तै आज १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ७४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।