काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ६४ हजार १४१ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।
ओल्डोमिटरको पछिल्लो विवरणअुनसार यही अवधिमा ४ लाख ३२ हजार ९७५ जना निको भएका छन् भने ७ हजार २५३ जनाको मृत्यु भएको छ । थपिने संख्या लगातार अमेरिकामा सबैभन्दा छ । जहाँ एक लाख १६ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी बेलायतमा ३५ हजार ५७७, टर्कीमा २८ हजार ८७३, रुसमा २४ हजार ५२२, भारतमा २३ हजार ९१६ र ब्राजिलमा १८ हजार ५७८ जना संक्रमित थपिएका छन् ।यस्तै अमेरिकामा ८२ हजार ३१६ जना संक्रमणमुक्त हुँदा बेलायतमा ३१ हजार, टर्कीमा २६ हजार, भारतमा २५ हजार, रुसमा १९ हजार बढी निको भएका छन् । अमेरिकामा मात्रै एक हजार ८०३ जना संक्रमितको मृत्यु भएको छ । रुसमा ८८७, ब्राजिलमा ४९२, भारतमा २३३, टर्कीमा २१०, बेलायतमा १२७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।
यससँगै विश्वभर कुल संक्रमितको संख्या साढे २३ करोड नाघेको छ भने २१ करोड १७ लाख ७७ हजार ६०२ जना निको भइसकेका छन् । हालसम्मको मृतकको संख्या ४८ लाख ५ हजार ११ रहेको छ ।