१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन २२, २०७८

नेपालगञ्ज – बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार बर्दियाका ३ र दाङका एकजना गरी ४ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दाङ दंगीशरण गाउँपालिका– १ का ३७ वर्षीया महिलाको मृत्यु भएको छ। असोज १३ गते अस्पतालमा पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो।बर्दिया बारबर्दिया नगरपालिका– १ का ४२ वर्षीया महिलाको मृत्यु भएको छ। असोज १९ गते पीसीआर गर्दा कोरोना पोजिटिभ देखिएपछि उनलाई त्यही दिन भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरेको दुई दिनपछि उनको मृत्यु भएको छ।बर्दियाकै राजापुर नगरपालिका– ४ का ५२ वर्षीया महिलाको मृत्यु भएको छ। असोज ८ गते बर्दियामा पीसीआर गर्दा उनमा पनि कोरोना पोजिटिभ देखाएको थियो। त्यसको दुईदिनपछि उनलाई भेरीमा ल्याई भर्ना गरिएको थियो।

बर्दियाको राजापुर नगरपालिका– ८ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। भदौ ४ गते बर्दियामा पीसीआर गरेका उनलाई ५ गते भर्ना गरिएको थियो। महिनादिनको उपचारपछि उनको मृत्यु भएको छ। योसँगै बाँकेमा उपचार गर्न आएका बाहिरी जिल्लाका ४२३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]