०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन २३, २०७८

ताइपेई – चिनियाँ राष्ट्रपति सि जिङपिङले ताइवानसँग शान्तिपूर्ण तरिकाले पुर्नमिलन गर्ने प्रतिज्ञा गरेका छन्। शनिबार राष्ट्रपति सिले ताइवानसँग पुर्नमिलनको महशुस भएको बताउँदै सो प्रतिज्ञा गरेका हुन्।

‘हामीले ताइवानसँगको पुर्नमिलन पक्का महसुस गरेका छौँ र भविष्यमा पनि त्यो महशुस गर्नैपर्छ। चिनिया क्रान्तिको ११० औं वार्षीकोत्सवको अवसरमा बोल्दै सि ले भनेका छन्, ‘त्यसैले हामीले शान्तिपुर्ण ढंगले चीन र ताइवानको स्वार्थको लागि पुर्नमिलन पक्का गर्ने छौँ। पुर्नमिलन दुवै मुलुकको लागि हितकारी हुने छ।’ ताइवानको अलग स्वतन्त्रता पुर्नमिलनको सबैभन्दा ठुलो बाधा भएकोसमेत उनले बताएका छन्। स्वतन्त्र शासनमा चल्दै आएको ताइवानमा चीनले पछिल्लो समय बाक्लो सैन्य गतिविधि बढाउँदै आफ्नो सार्वभौमता स्वीकार्न ताइवानमाथि दबाब दिइरहेको छ। तर ताइवानले भने आफूले आफ्नो स्वतन्त्रताको रक्षा गर्ने र ताइवानका जनताले मात्र आफ्नो स्वतन्त्र ताइवानको भविष्य सुनिश्चित गर्ने बताउँदै आएको छ।

चीनले श्रृंखलाबद्ध तरिकाले ताइवानको वायु रक्षा क्षेत्र र टापु नजिकै युद्धक विमान पठाएपछि ताइवानले आपत्ति जनाएको छ। ताइवानले दुई देशको सैन्य सम्बन्ध ४० वर्षयताकै खराब भएको बताउँदै आएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]