०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, कार्तिक ०५, २०७८

एजेन्सी – अमेरिका र चीनबीच युद्धको खतरा बढेको छ । यी दुई शक्तिशाली देशहरुबीच ताइवान मामलाले युद्धको खतरा बढेको हो ।

चीनले कम्तिमा ३ वर्षभित्र ताइवानमा आधिपत्य जमाउन योजना बनाएपछि अमेरिकी राष्ट्रपति जोय वाइडेनले कडा चेतावनी दिएका छन् । चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले त्यसको प्रतिरक्षा गर्ने बताएका छन् । ताइवानलाई साथ दिन अमेरिकासँग कानुन पनि रहेको बताएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले केही दिनअघि ताइवानलाई चीनको अधिनमा ल्याउने सन्देश दिएका थिए । उनले चीनको पुनः एकीकरणमा अवरोध खडा गर्नेलाई इतिहासको कठघरामा पुर्याउने चेतावनी समेत दिएका थिए । चिनियाँ मिडियामा ताइवानलाई २०२५ भित्र नियन्त्रणमा ल्याउने विषय चर्चामा थियो । तर, चिनियाँ अधिकारीहरुले २०२३ या २०२४ भित्र त्यो कदम चालिसक्ने बताएका छन् । चीनबाट त्यस्तो संकेत आएलगत्तै अमेरिकी राष्ट्रपतिबाट ताइवानको पक्षमा अभिव्यक्ति आएको हो । यसले चिनियाँ समुन्द्र क्षेत्रमा तनाव बढेर गएको छ ।

चीनको साउथ चाइना सीमा आसपासका देशहरुसँग टापुका विषयमा विवाद चल्दै आएको छ । उक्त क्षेत्रमा अमेरिकाले उपस्थिति बढाइरहेको छ । यसले पनि युद्धको कालो बादल मडारिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]