सप्तरी – ७१ वर्षको उमेरमा पनि उनी एक्लै थिइन् । दैनिकी नियमितै थियो । गएको मंगलबार साँझ पनि खाना खाइवरी बिस्तारामा पुगेकी उनी १० बज्दा निद्रामा मस्त थिइन् ।
एक्कासि घरको ढोका खुल्यो । रातिमा को आयो भनेर उनले सोध्न पाइनन् । घरभित्र छिरेका ती युवकले वृद्ध शरीरमाथि जबर्जस्ती गरे । सुरक्षा चाहिने उमेरमा ती वृद्धा बलात्कृत भइन् ।घटना हो कास्कीको । मंगलबार राति ती वृद्धमाथि जबरजस्ती गर्ने व्यक्ती थिए पोखरा महानगरपालिका १९. पुरन्चौरका ३४ वर्षीय घनश्याम गिरी ।ती वृद्धाले बुधबार जिल्ला प्रहरी कास्कीमा जाहेरी दिइन् । जबरजस्ती करणी उद्योग गरेको भन्ने जाहेरीका आधारमा प्रहरीले गिरीलाई पक्राउ गरेको छ ।
उनीविरुद्ध जबरजस्ती करणी उद्योग कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।