काठमाडौं – चीनमा ४० लाख भन्दा धेरै जनसंख्या भएको एक शहरमा कोरोना भाइरस संक्रमित फेला परेपछि लकडाउन गरिएको छ। मानिसहरुलाई आपतकालिन अवस्थामा मात्र घर बाहिर निस्कन भनिएको बीबीसीले उल्लेख गरेको छ।
चीनको गासू प्रान्तको राजधानी लानजुको एहतियातनमा लकडाउन गरिएको हो। सोमबार चीनमा जम्मा २९ जनामा संक्रमण देखिएको थियो भने लानजुमा जम्मा ६ जनामा कोरोना पुष्टि भएको थियो। समाचार एजेन्सी एएफपीका अनुसार सरकारी अधिकारीहरुले लानजुमा प्रवेश र बाहिने सीमा पूर्णरुपमा नियन्त्रण गरेका छन्।
प्रशासनले एक विज्ञप्तिमा भनेको छ ” सबै जना आफ्नो घर र हाउजिङ कम्प्लेक्स भित्र बस्नुपर्नेछ।” यसअघि पनि चीनमा लकडाउन कडाइका साथ लागू गरिएको थियो। चीनमा पछिल्लो पटक डेल्टा भेरिएन्ट देखिएको जनाइएको छ। चिनियाँ अधिकारीहरुले परीक्षण बढ्दा संक्रमितको संख्या पनि बढ्न सक्ने जनाएका छन्।